जनमत पार्टी वीरगन्ज महानगर समितिको विस्तारित बैठक सम्पन्न, अध्यक्ष डा. राउतको उपस्थितिमा भव्य कार्यक्रम गर्ने निर्णय

समाचार

 

बैशाख १३, वीरगन्ज — जनमत पार्टी वीरगन्ज महानगर समितिको विस्तारित बैठक आज जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको छ। बैठकको जानकारी जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले दिएका छन्।

बैठकले आगामी १४ दिनपछि पार्टी अध्यक्ष डा. सिके राउतको उपस्थितिमा आयोजना हुने कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको सर्राफले जानकारी गराए। यही वैशाख २७ गते जिल्लाका विभिन्न स्थानहरूमा कार्यक्रमहरू शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने निर्णय समेत बैठकले गरेको छ।

बैठकमा वैशाखको अन्तिम साताभर जिल्लाका विभिन्न पालिकामा आयोजना हुने कार्यक्रमहरूको व्यवस्थापन र तयारीबारे सामूहिक छलफल गरिएको जनाइएको छ। मधेसको समृद्धि र उत्थानका लागि जनमत पार्टीले गाउँगाउँमा पुगेर जनताको समस्या बुझ्ने रणनीति अनुरूप कार्यक्रमहरू सञ्चालन गरिरहेको जनमत पर्साले जनाएको छ।

उक्त दिन पार्टी अध्यक्ष डा. राउतले आमसभा सम्बोधन गर्नुका साथै जिल्लाका नेता, कार्यकर्ता तथा सर्वसाधारणसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।

महानगर अध्यक्ष महादेव शर्माको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू श्याम गुप्ता, रम्भा मिश्र, अनुराग द्विवेदी, अनिता रौनियार, नजमा खातुन, सन्तोष साह, जिल्ला उपाध्यक्ष अमरनाथ सिंह राठौर तथा ३२ वटै वडाका इकाइ अध्यक्षहरूको उपस्थिति रहेको थियो।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *