पर्सा प्रहरीद्वारा ६० लाख भन्दा बढीका समानहरु सहित ट्रक पक्राउ।

समाचार

रसीद आलम ,बिरगंज ,१३ मंसिर ।

बिरगंजको गण्डक चोकमा बिल बिजक भन्दा बढी खुद्रा समानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।

मंसिर ११ गते राति १०:१५ मा बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा ना.६ ख ४९४० नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।

रू.६० लाख ७९ हजार १ सय चालीस बराबरको मुल्यांकन गरि ट्रक भित्र लोड रहेको खुद्रा सामानहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको डिएसपी थापाले जनाए  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *