सशस्त्र प्रहरी बाराद्वारा लाखौं मुल्य बराबरको अबैध प्याज पक्राउ।

समाचार

रसीद आलम ,बारा,२० माघ।

सशस्त्र प्रहरी बाराले २ लाख ७७ हजार ५ सय ६० रुपैया बराबरको भन्सार छलिएका अबैध प्याज पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल,नेपाल नं.१२ गण हे.क्वा.बारा मातहत सुरक्षा बेश जितपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा माघ १७ र १९ गते बिरगंजबाट काठमाडौतर्फ जादै गरेको क्रमशः प्र.२-०३-००१ च.३९५० नम्बरको बोलेरो गाडी र प्रदेश २-०३-००२च. ३९५२ नम्बरको योद्दा पिकअप गाडीमा शंकास्पद बिलबिजक प्रयोग गरी लैजादै गरेको २ लाख ७७ हजार ५ सय ६० रुपैया बराबरको ११६ बोरा प्याज बरामद भएकाले प्याजसहित गाडीलाई नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बाराले जनाएको छ।

नियन्त्रणमा लिएको प्याज र गाडीलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयमा बुझाईएको सशस्त्र प्रहरी बल,नेपाल नं.१२ गण हे.क्वा.बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी )अमर खत्रीले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *