आदर्शनगर स्थित जय माँ दुर्गा रोड कैरियर ट्रन्सपोर्टको गोदाममा पर्सा प्रहरीको छापा, लाखौको अबैध कपडा बरामद।

समाचार

बीरगंज,९ चैत ।

पर्सा प्रहरीको एक विशेष टोलीले बिहिवारआदर्शनगर स्थित एक ट्रन्सपोर्टको गोदाममा छापामारी गरि भन्सार छलीएका लाखौंका अबैध कपडा बरामद गरेको छ।

पर्साको वीरगञ्ज महानगरपालिका वडा न.१० आदर्शनगर बस्ने गोबिन्द वर्णवालको पकीघरमा कोठा भाडामा लिइ बिरगंज -८ बस्ने मदन गुप्ताले संचालन गरेको जय माँ दुर्गा रोड कैरियर ट्रान्सपोर्टको कोठाभित्र भन्सार छली चोरी पैठारी गरी भारतबाट ल्याईएका १८ लाख रुपैयाँ बराबरको १३ पोका अबैध कपडा पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

जय माँ दुर्गा रोड कैरियरको नामले संचालित सो ट्रन्सपोर्टका संचालक मदन गुप्ता ऊर्फ रुन्चे रहेको प्रहरीले जनाएको छ।

सो सम्बन्धमा पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार बिक्रम थापासंग बुझ्दा ” प्रहरी टोलिले विशेष सूचनाको आधारमा छापामारी गरि करिब १८ लाखको राजस्व छलिएका अबैध कपडा ट्रन्सपोर्टको गोदामबाट बरामद गरि नियन्त्रणमा लिएको र थप अनुसन्धान तथा आवश्यक कार्वाहीको लागि वीरगञ्ज भन्सार बुझाईएको बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *