रसीद आलम,बारा,३ बैशाख।
बारा प्रहरीले लागू औषध सहित १ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
चैत्र ३० गते प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जितपुरसिमरा उप-महानगरपालिका वडा नं. १ पथलैया चोक स्थित मौलापुरबाट काठमाडौँ तर्फ जाँदै गरेको प्र.०३-००१ ख २७०१ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्दा लुकाई छिपाई राखिएको लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका वडा नं.०३ गम्हरीया बस्ने वर्ष २० को अनिल बैठा रहेको प्रहरीले जनाएको छ।
बैठाले लुकाई छिपाई लैजाँदै गरेको लागू औषध डाईजापाम-१०२ पाता २५५० पिस, नाईट्राभेट-३११ पाता ४६६५ पिस र नोरफिन-५० पाता १२५० पिस फेला परेको हुदा लागु औषध ट्याबलेट सहित नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।