बारा, १३ बैशाख। बाराको सिमावर्ती सिम्रौनगढ नगरपालिका अन्तर्गत चैते धान र मकै बालीमा पानी पटाउने क्रममा मोटर बाट करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका १० देवापुर टेटा गाउँका २५ वर्षीय काशीराज यादव रहेको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताएका छन।
बुधवार राती खेतमा मोटर बाट पानी पटाउने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका यादव लाई उपचारको लागि कलैया तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको तथा घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
