करिब ९५ लाख बराबरको कपडाहरू लोड रहेको ट्रकहरू पक्राउ।

समाचार

रसीद आलम,पर्सा ,१७ भदौ।

पर्सा प्रहरीले ९४ लाख ९१ हजार ९ सय ७४ बराबरको कपडाहरू लोड रहेको दुइटा ट्रकहरू नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ।

विशेष सूचनाको आधारमा भदौ १४ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २५ चण्डालचोकबाट ग १ ख ६७५५ र ना.४ ख १९९३ नम्बरको मालबाहक ट्रकहरूलाई सन्कास्पद विल विजक आशंकामा पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी सुवास भट्टका अनुसार चेकजाँचको क्रममा सो ट्रकहरुमा कपडा लोड रहेको तथा साथमा रहेको विल विजक भन्दा बढीका कपडाहरू लोड गरी वीरगञ्जबाट काठमाण्डौतर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिईएको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *