करोडौंको मालसामान लोड रहेको दुईवटा ट्रक पर्सा प्रहरीले राजस्व अनुसन्धानमा बुझायो ।

समाचार

रसीद आलम , बिरगंज ,१५ असोज ।

पर्सा प्रहरीले १ करोड ६७ लाख १९ हजार ४ सय बराबरको मालबस्तुहरू लोड रहेको दुइटा ट्रकहरू पक्राउ गरि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रेस-विज्ञप्ती अनुसार विशेष सूचनाको आधारमा असोज १४ गते राती १०:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा स्थित सडकखण्डबाट ना.५ ख ५५४२ र बा.प्र.०३-००१ ख १६५५ नम्बरको मालबाहक ट्रकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ट्रकहरुको साथमा रहेको विल विजक भन्दा बढीका औषधी तथा खाद्यान्न लगायतका मालबस्तुहरू लोड रहेको तथा बिलबिजक सन्कास्पद देखिएकाले ट्रक पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी दिपक भारतीका अनुसार  वीरगञ्जबाट बाँके तथा चितवनतर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उल्लेखित नम्बरहरूको मालबाहक ट्रकहरू नियन्त्रणमा लिइ एक करोड सड्सठी लाख उन्नाइस हजार चार सय बराबरका मुल्यांकन गरि ट्रक तथा खाद्यान्न र औषधी लगायतका मालबस्तुहरू थप अनुसन्धान तथा कारवाहीको लागि असोज १५ गते राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *