काठमाडौं, ललितपुर,११ जेठ ।
बाल न्याय प्रणालीको प्रवर्द्धनमा सरोकारवालाहरूको भूमिकाबारे महत्वपूर्ण छलफल तथा सुझाव आदानप्रदानका लागि आयोजित राष्ट्रिय कार्यशाला गोष्ठीमा बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह सहभागी भए।
कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका प्रधानन्यायाधीश सम्माननीय प्रकाशमान सिंह राउत थिए भने अध्यक्षता केन्द्रीय बाल न्यायिक समितिका अध्यक्ष तथा सर्वोच्च अदालतका माननीय न्यायाधीश दिल प्रसाद श्रेष्ठले गरे।
कार्यक्रम ललितपुरस्थित होटल हिमालय, कुपन्डोलमा सम्पन्न भएको हो। गोष्ठीमा न्याय क्षेत्र, स्थानीय तह, बाल संरक्षण क्षेत्र लगायतका सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गोष्ठीले नेपालमा बाल अधिकार तथा बाल न्याय प्रणाली सुदृढ बनाउन सहकार्य र नीतिगत सुधारको आवश्यकता औंल्याएको छ।
