अस्थायी प्रहरी पोस्ट ईनर्वाले नियन्त्रणमा लियो ३ लाखको रुद्राक्ष।

समाचार

बिरगंज ,१९ असोज ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका अस्थायी प्रहरी पोस्ट ईनर्वागाउँले ३ लाखको रुद्राक्ष बरामद गरेको छ।

नेपालबाट भारततर्फ अबैध तरिकाले गैरहेको अवस्थामा प्रहरी पोस्ट ईनर्वाका प्रहरी सहायक निरीक्षक मुना साहको कमान्डमा खटिएका टोलीले बिरगंज महानगरपालिका -१६ ईनर्वागाउबाट ३ लाख १३ हजार दुई सय पचास बराबरको रुद्राक्ष र रुद्राक्षको माला् पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरी टोली देख्नासाथ केही ब्यक्तिहरुले सो रुद्राक्ष जस्तो देखिने बस्तुको बोरा फाली फरार भएको हुँदा सामानहरु बरामद गरि आवश्यक कार्वाही तथा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *