बिरगंज ,१९ असोज ।
सशस्त्र प्रहरी बल पर्साले रु. ११ लाख ८७ हजार ३ सय ८७ बराबरको अबैध सामान बरामद गरि भन्सार दखिला गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलिले पर्साको बिरगंज म.न.पा-१६ ईनर्वाको बिभिन्न सिमानाकाहरुबाट भारतबाट अबैध रुपमा भन्सार छलि बिआर ०५ एएम ६५१५ नम्बरको भारतीय स्कुटर तथा अन्य बिभिन्न सार्बजनिक सवारी साधनमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको रु. १० लाख १२ हजार ३ सय ८७ बराबरको कपडा, जुता, औषधि, मोटर पार्टस , कस्मेटिक सामान र विभिन्न किराना सामानहरु बरामद गरेको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डिएसपी नरेन्द्र सिंह धामीले जानकारी गराएका छन् ।
पक्राउ गरिएको स्कुटरको भन्सार मुल्य रु. १ लाख ७५ हजार मुल्याङ्कन गरि स्कुटर र सामान आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको डिएसपी धामिले बताए ।
