बारा,२० असोज ।
बारा प्रहरीले २१ लाख १६ हजार बराबरको तामाको भाँडो बरामद गरि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ।
असोज १७ गते राती १० बजेको समयमा प्रहरी चौकी पथलैया बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नरेश बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोकबाट प्रदेश २ ०३-००१ च ५९३१ नम्बरको पिकअप गाडी सहित मुल्य रू.२१ लाख १६ हजार ५ सय ३३ बराबरको पलेट र तामाको भाँडा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जीतपुरबाट काठमाण्डौतर्फ जादै गरेको सो पिकअप गाडी शंका लागी चेकजाँच गर्दा बिल बिजक भन्दा बढि सामानको स्रोत खुलाउन नसकेकोले तामाको भाँडा सहित गाडी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बारा प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जनाएका छन् ।
