मकवानपुर प्रहरीद्वारा ११ करोडको सुन सहित २ जना पक्राउ ।

समाचार

रसीद आलम ,मकवानपुर ,२० असोज ।

मकवानपुर प्रहरीले अबैध सुन सहित २ जना भारतिय नागरिकलाई नियन्त्रणमा लिएको छ।

असोज १९ गते बिहानको ३ बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बिश्वराज खडकाको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका, वडा नं. १५ रातोमाटे चेकपोष्टबाट बिल बिजक नभएको भन्सार छलिका ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपैया बराबरको ८ थान अबैध सुनको बिस्कुट बरामद गरेको छ।जसको तौल ८ किलो २४३ ग्राम ९७० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरीका अनुसार पुर्व पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौडातर्फ आउदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक देश भारत महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने बर्ष २५ को अभिषेक अजिनाथ कुटी र सोही स्कुटरमा पछाडी सवार देश भारत महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने बर्ष २७ को राहुल भिट्टिहाल बाडलाई शंका लागि निजहरुको शरीर तथा स्कुटर खानतलासी गर्दा निजहरुले आफ्नो शरीरको बिभिन्न भागमा लुकाई छिपाई राखि ल्याईएको सो परिमाणको सुन जस्तो देखिने पहेलो धातुको बिस्कुट फेला पारेको हुंदा उक्त समान सहित निज अभिषेक अजिनाथ कुटी र राहुल भिट्टिहाललाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको प्रहरीले जानकारी गराएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *