तिहार पर्वको अवसरमा छाला रोग विशेषज्ञ डा. अतुलेश चौरसियाद्वारा सुख, शान्ति र समृद्धिको शुभकामना

समाचार

वीरगञ्ज,२२ कार्तिक  । तिहार पर्वको पावन अवसरमा वरिष्ठ छाला रोग विशेषज्ञ (कन्सल्टेन्ट डर्माटोलोजिस्ट) डा. अतुलेश चौरसियाले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

डा. चौरसियाले तिहारले सबैको जीवनमा सुख, शान्ति, उत्तम स्वास्थ्य, खुसी र समृद्धि ल्याओस् भन्ने कामना गर्नुभएको छ। उहाँले यस पवित्र पर्वले प्रत्येक परिवारमा आपसी प्रेम, सद्भाव, भाइचारा र आत्मीयता अझ प्रगाढ बनाउँदै समाजमा सकारात्मक ऊर्जा तथा उत्साह थप्ने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले तिहारको अवसरमा सबैको जीवन स्वस्थ, सुखमय र उज्ज्वल बनोस् भन्दै सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *