हराएका दुई बालिका भारतबाट सकुशल उद्धार, पर्सा प्रहरीद्वारा आफन्तको जिम्मा

समाचार

वीरगञ्ज ,२४। मिति २०८३ वैशाख २० गतेदेखि हराइरहेका दुई जना बालिकालाई पर्सा प्रहरीले भारतीय प्रहरीको समन्वयमा खोजतलास गरी सकुशल उद्धार गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हराएका बालिकाहरूको खोजी कार्यलाई तीव्र बनाउँदै भारतस्थित प्रहरीसँग समन्वय गरिएको थियो। सोही क्रममा भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई सुरक्षित अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

उद्धारपछि आवश्यक प्रक्रिया पूरा गरी दुवै बालिकालाई आफन्तको जिम्मा लगाइएको पर्सा प्रहरीले जानकारी दिएको छ।

पर्सा प्रहरीले बालबालिकाको सुरक्षा तथा मानव बेचबिखन नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी र समन्वयलाई अझ प्रभावकारी बनाइएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *