हराएकी १६ वर्षीया बालिका वीरगञ्जबाट सकुशल फेला, परिवारको जिम्मा लगाइयो

समाचार

वीरगञ्ज ,२४ बैशाख । मिति २०८३ बैशाख २२ गतेदेखि हराएकी १६ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार खोजतलासको क्रममा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १६ भानुचोक क्षेत्रबाट बालिकालाई फेला पारेको हो।

प्रहरीले बालिकालाई सुरक्षित अवस्थामा फेला पारेपछि आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको जनाएको छ। घटनापछि परिवारजनले प्रहरीको सक्रियता र तदारुकताको प्रशंसा गरेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साले हराएका बालबालिकाको खोजतलास तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *