जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी वडा अध्यक्ष पक्राउ

समाचार

जुम्ला,२४ बैशाख  । जबरजस्ती करणी मुद्दामा फरार रहेका जुम्लाको पातारासी गाउँपालिका–५ का वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पातारासी गाउँपालिका–५ स्थित लासी बजार क्षेत्रबाट उक्त मुद्दाका प्रतिवादी रहेका वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। पक्राउपछि उनलाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण संकलन भइरहेको तथा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *