सत्तारुढ गठबन्धनको बैठक बस्दै, उपराष्ट्रपतिमा यादव र झा मध्ये एक जनाको नाममा सहमति गर्ने

राजनीति समाचार

काठमाडौं, २ चैत । सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।

 

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको  गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटाउ नसके पछि आज पनि बस्न लागेको हो  ।

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी बनाउने प्रयास हिजो असफल भए पछि आज बस्न लागेको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *