वडा प्रहरी कार्यालय बिर्ताको कमान्डमा सरसफाई अभियान सम्पन्न।

समाचार

बिरगञ्ज, १० कार्तिक।

जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नं. ४, भगवती टोलमा आज बिहान बाटो सरसफाई कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम वडा अध्यक्ष जगत प्रसाद कानुको अध्यक्षतामा स्थानीय भद्रभलादमी, बुद्धिजीवी, समाजसेवी तथा संचारकर्मीहरूको उपस्थिति साथै वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंको कमाण्डमा खटिएको प्रहरी टोलीको सहकार्यमा सञ्चालन भएको थियो।

कार्यक्रम बिहान ८:४५ बजे सुरु भई ९:३५ बजे सम्पन्न भएको हो। करिब ५०-६० जनाको सहभागितामा सरसफाई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी प्राप्त भएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *