रसीद आलम,बारा,२० चैत ।
बाराको मटिअर्वा सिमानाकाबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सन्युक्त टोलीले ९ लाख ५० हजार भारतीय रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ।
मंगलवार बिहान् १०:५० बजेको समयमा बाराको कलैया उमनपा १० मटिअर्वा स्थित भन्सार गेटमा प्रस्तावित सिमा सुरक्षा गुल्म मटिअर्वाका सशस्त्र प्रहरी नायब उपरीक्षक भवराज कटवाल र प्रहरी चौकीका वरिष्ठ सईको श्याम किशोर यादवको सन्युक्त कमाण्डमा खटिएको टोलीले नेपालवाट भारततर्फ जादै गरेको मधेश प्रदेश ०३-०२५ प ३९३६ नम्बरको २२० सिसिको मोटरसाइकललाई चेकजाच गर्ने क्रममा भारतीय रुपैयाँ ५०० का नोट १९०० थान जम्मा गरि ९ लाख ५० हजार बरामद भएको हुँदा मोटरसाइकल चालक र पछाडि सवार भएको ब्यक्तिलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा जिल्ला बारा श्रीनगर वैरिया ८ हाल पचरौता न.पा.०३ वस्ने वर्ष ३२ को श्यामवावु सहनी र सोही वस्ने वर्ष २२ को भुलन पटेल रहेको प्रहरीले जनाएको छ।
बरामद भएको रकमको स्रोत नखुलेकोले हुन्डी कारोवारको आशंकामा ब्यक्तिहरुलाई नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको सशस्त्र प्रहरी बाराले जानकारी गराएको छ।