काठमाडौं, १३ कार्तिक। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस विज्ञ दीपा दाहालले हालै पत्रकार पक्राउ परेको घटनाप्रति प्रधानमन्त्रीको कार्यालय र सचिवालयको कुनै पनि किसिमको संलग्नता नरहेको स्पष्ट पारेकी छिन ।

उनले एक जानकारी जारी गर्दै यस घटनाबारे प्रधानमन्त्रीको कार्यालयलाई कुनै पनि पूर्वजानकारी समेत प्राप्त नभएको प्रष्ट पारेकी छिन ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसकेको प्रेस विज्ञ दाहालले जानकारी दिइन ।
साथै, समाचार कक्ष (न्युज रुम) भित्र प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्नसमेत निर्देशन दिइएको उनले बताइन् ।
आज मात्रै पत्रकार ‘नेपाल प्रेस’का पत्रकार विश्वमणि सुवेदी र ‘मोटीभेट न्युज’का पत्रकार शोभराज बराल पक्राउ परेका थिए भने नयाँ पत्रिकाका नवराज मैनाली र दियो पोष्टका सम्पादक सुदिप विश्वकर्मा खोज्दै उनको कार्यालयमा सादा पोशाकका प्रहरी पुगेपछि चाैतर्फी बिराेध भइरहेकाे छ ।
