सर्लाही,१२ पुस ।
पुस १० गते विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरी टोलीले गौडैता नगरपालिका वडा नम्बर १२ मधुवनी गाउँस्थित सडक खण्डमा लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरी टोलीले भारतको मेजरगंजबाट नेपालतर्फ आउँदै गरेको प्र.०३-००५ प ५२६२ नम्बरको १५० सीसी पल्सर मोटरसाइकल सवार दुई जनालाई राति करिब ७:३० बजे नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूविरुद्ध सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बरामद सामग्रीः
१. लागू औषध सेतो हेरोइनजस्तो देखिने पदार्थ – ५२.५१० मिलिग्राम।
२. नगद रु. ३३,३२०।– (तेत्तीस हजार तीन सय बीस)।
३. मोटरसाइकल – प्र.०३-००५ प ५२६२ (पल्सर १५० सीसी)।
४. मोबाइल – २ थान।
प्रहरीले पक्राउ परेकाहरूको पहिचान र लागू औषधको स्रोतबारे अनुसन्धान जारी रहेको जनाएको छ।
