बिरगंज,२३ पुस।
सशस्त्र प्रहरी बल नेपाल पर्साले रु.४ लाख ५१ हजार बराबरको २० वटा पशु चौपाया नियन्त्रणमा लिएको जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साबाट खटिएको टोलिले सोमबार ४:३० बजेको समयमा पर्साको बिरगंज म.न. पा २४ रमगढवामा भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको ११ वटा भैसी र ९ वटा पांडा बरामद गरेको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) सङ्गम श्रेष्ठले जनाएका छन ।
नं.१३ गणबाट खटिएको टोलिलाई देखी भैंसी तस्करहरुले पशु चौपाया छाडी भागेकोले उक्त पशु चौपाय नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बल पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले जनाए ।
रु.४ लाख ५१ हजार बराबरको मुल्यांकन गरि विरगंज भन्सार कार्यालयको रोहबरमा पशु चौपाया लिलाम भएको एसपी कर्मचार्यले जानकारी गराएका छन् ।
