पर्सा , २४ पुस । बिहानैबाट लागेको बाक्लो हुस्सु र शितलहरीका कारण मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ।
बाक्लो हुस्सुका कारण सवारी साधानलाई दिउँसै बत्ति बालेर कुदनु पर्ने अवस्था आएको छ। हुस्सु र शितहरीका कारण बिहानैबाट सर्वसाधारण घरबाट बाहिर निस्कन सक्न सकेका छैनन्। चिसोका कारण पर्सा ,रौतहट लगायत मधेस प्रदेशको जनजीवन नराम्रोसँग प्रभावित भएको छ।
दुई दिनबाट बढेको चिसोका कारण पर्सा ,रौतहटसहित मधेसको जनजीवन प्रभावित भएको हो। रौतहटमा पर्ने पूर्वपश्चिम राजमार्ग र चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने सवारी साधानलाई बत्ति बालेर बिस्तारै कुदाउन निर्देशन दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख सुशिल आर्चायले बताए।
