रौतहट प्रहरीद्वारा १७ थान गाई गोरु बरामद

समाचार

रौतहट २५ पुस। तस्करले रौतहटबाट भारत तर्फ लैजाँदै गरेको १७ थान गाई गोरु प्रहरीले बरामद गरेको छ। जिल्ला सदरुकाम गौर नगरपालिका २ स्थित प्रहरी चौकी महादेवपट्टीबाट खटिएको  गस्तीटोलीले भारततर्फ लैजादै गरेको अबस्थामा १७ थान गाई गोरु बरामद गरेको हो।

 

तस्करहरु प्रहरीलाई देखेर फरार भएपछि उक्त स्थान बाट गाई १० वटा , गोरु १ वटा र बाछी ६ वटा गरी १७ थान बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन।

 

कुल १ लाख ९६ हजार रुपैयाँ मूल्याङकन गरी बरामद गाई ,गोरु र बाछी आवश्यक कारवाहिको लागि जिल्ला भंसार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *