पर्सा प्रहरीद्वारा भारतीय कुखुराको चल्ला बरामद गरि नष्ट गरिएको तथा ओसार पसारमा सङ्ग्लन ३ वटा मोटरसाइकल भंसार बुझाइएको।

समाचार

पर्सा,२५ पुस।

पर्सा प्रहरीले भारतीय कुखुराको ८००० गोटा चल्ला भन्सार छली चोरी पैठारी गरी क्वारेन्टाईनको चेकजाँच समेत नगराई अबैध रुपमा लुकाई छिपाई नेपाल तर्फ भित्राउँदै गरेको अवस्थामा पक्राउ गरेको छ।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.२१ डकैलाबहुअरी स्थित सडकखण्डमा सो भारतीय कुखुराको चल्ला पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी टोलीलाई देख्नासाथ उक्त कुखुराको चल्ला छाडी तस्करहरु भागेकाले वेवारिसे अवस्थामा बरामद गरी पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सिया मार्फत वीरगञ्ज महानगरपालिका वडा नं.१९ तिलावे खोलाको बगरमा लगी चल्लाहरू नष्ट गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जनाएका छन् ।

भारतीय कुखुराको चल्ला ओसार पसार कार्यमा संलग्न रहेका BR05D 9725 ,BR05Q 3265 र ना.६ प ७६७२ नम्बरको मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिएको मोटरसाइकलहरुको रू.४ लाख ५० हजार मूल्याङकन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको डिएसपी थापाले बताएका छन् ।

भारत तथा नेपालवाट अबैध कुखुरा पशुपंक्षीजन्य चिजबस्तु ओसार पसारमा रोक लगाएको अवस्थामा भारतबाट अबैध रुपमा भारतिय बोईलर कुखुराको चल्ला पैठारी गर्ने कार्य नियन्त्रण तथा निरुत्साहित गर्नको लागि जिल्ला प्रहरी कार्यालय पर्साले बिशेष अभियान नै संचालन गरेको डिएसपी थापाले प्रष्ट पारेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *