गोरखामा दुध बोक्ने मिनिट्रक दुर्घटना, एकको मृत्यु, सात घाइते

समाचार

पोखरा, २९ फागुन

गोरखामा दुध बोक्ने मिनिट्रक दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ। दुर्घटनामा सात यात्रु घाइते भएका छन्।

गोरखा नगरपालिका–६ बिसौनीमोडमा प्रदेश ३–०१–००३ क ६१७० नम्बरको मिनिट्रक अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।

गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको मिनिट्रकले बा ८६ प १७८६ नम्बरको मोटरसाइकल र पैदलयात्रुलाई समेत ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए।

दुर्घटनास्थलबाट ८ जना घाइतेलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल गोरखा पुर्‍याइएकोमा एक जना पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *