अनलाइनमार्फत १५ लाख ठगी गर्ने एक जना पक्राउ

समाचार

काठमाडौं, २९ फागुन

अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। १५ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-१ की ३६ वर्षीया अन्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको हो।

उनले पीडितलाई सामाजिक संजाल टिकटकमार्फत साथी बनाई आफूलाई ईंगल्याण्डको नागरिक बताएको र नेपाल आएपश्चात विवाह गरी ईंगल्याण्ड लैजाने प्रलोभन देखाइ ठगी गरेको प्रहरीको भनाइ छ।

जुत्ता, ब्याग, आइफोन, सुनका गरगहनाहरू र ७० हजार अमेरिकी डलर समेतको गिफ्ट पठाई दिने र यसका लागि कुरियरले सम्पर्क गर्छ भनी फोटो भिडियोसमेत पठाएर पीडितलाई विश्वास दिलाए पश्चात कुरियर कार्यालयबाट पार्सल पाउनको लागि एन्टी मनी लाउन्ड्रिङ सर्टिफिकेट , डेलिभरी चार्ज, भन्सार शुल्क, इन्सुरेन्स चार्ज, क्लिरियन्स चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विभिन्न ब्यक्तिको नाममा रहेको बैंक खातामा पटक-पटक गरी उक्त रकम पठाउन लगाई ठगी गरेको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *