काठमाडौ, २६ पुस । कुमारी बैंकले माघ महिनाको लागि ब्याजदर घटाएको छ ।
बैंकले बिहीबार सूचना जारी गर्दै उक्त व्याजदर घटाएको छ । माघ महिनामा मुद्दति निक्षेपमा अधिकतम ८.११% ब्याजदर दिने बैंकले जनाएको छ । यो संगै माघ महिनादेखि लागू गर्ने गरी एनआइसी एसिया बैंकले पनि ब्याजदर घटाइसकेको छ ।
कुमारी बैंकले १ वर्षभन्दा बढी अवधिको लागि उक्त ब्याजदर निर्धारण गरेको हो । पुस महिनामा बैंकले अधिकतम ९.३१% ब्याजदर दिएको छ ।
अब माघमा भने मुद्दति निक्षेपमा अधिकतम ८.११% र न्यूजतम ६.५०% मात्र ब्याज दिने भएको छ । अब यसले माघ महिनाका लागि भने ३ देखि ६ महिना अवधिको मुद्दति निक्षेपको ब्याजदर ६.५०% निर्धारण गरेको छ ।