बिरगंज ,१० मंसिर ।
पर्सा जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाको आधारमा २०८१ मंसिर १० गते राति १२:२० मा वीरगञ्ज महानगरपालिका-८ स्थित घण्टाघर चोकमा ना.४ ख २१६० नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।
ट्रकमा विल विजकभन्दा बढी सामान रहेको आशंकामा जाँच गर्दा अन्दाजी ६८ लाख ९१ हजार ४४९ रुपैयाँ बराबरका औषधी तथा खुद्रा सामान लोड गरिएको पाइएको छ।
प्रहरीले ट्रकमा लोड गरिएका सामग्री अनुसन्धान र कानुनी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाएको छ।
प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले घटनाको जानकारी दिएका हुन्।
