अपहरण तथा फिरौती प्रकरणमा बिरगंज ईनर्वाबाट दुई अभियुक्त पक्राउ।

बिदेश राजनीति समाचार

पर्सा,१० मंसिर ।

जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण तथा शरीर बन्धक प्रकरणमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। रौतहट कटहरिया नगरपालिका–६ निवासी ४१ वर्षीय शेख सा महमदलाई अपहरण गरी फिरौती रकम माग गरेको आरोपमा पर्सा वीरगञ्ज महानगरपालिका–१६ ईनर्वागाउँबाट दुई अभियुक्तलाई पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूमा वीरगञ्ज महानगरपालिका–१६ ईनर्वागाउँका ३० वर्षीय सन्तोष दास तत्मा र नगवाका ३१ वर्षीय हरिशंकर शर्मा रहेका छन्। उनीहरूलाई फिरौती रकम ५० हजार रुपैयाँ र अपहरणमा प्रयोग भएका दुई मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अभियुक्तहरूले फिरौती रकम लिँदै गरेको अवस्थामा पर्सा प्रहरीका सूचना संकलन तथा अपराध अनुसन्धानका विशेष टोलिका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेश बजगाईका कमान्डमा खटिएका टोलिले उनलाई नियन्त्रणमा लिएको हो। घटनामा प्रयोग भएका मधेश प्रदेश ०३–०२५ प ३९८० नम्बरको निलो पल्सर २२० सिसी र बिआर०५एयु ९७४५ नम्बरको रातो कालो एन एस भारतीय  मोटरसाइकल पनि बरामद गरिएको छ।

पक्राउ परेका अभियुक्तहरूविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *