शान्ति, स्थायित्व र समृद्धिका लागि साझा प्रतिबद्धता : प्रधानमन्त्री सुशीला कार्की

समाचार

काठमाडौं,१७ पुस । प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि सरकार, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज तथा युवा पुस्ता एकै ठाउँमा उभिएर साझा प्रतिबद्धता व्यक्त गरेको बताएकी छन्।

प्रधानमन्त्री कार्कीका अनुसार उद्यमी–व्यवसायीको सुरक्षा, सम्पत्तिको हकको संरक्षण तथा निर्बाध पेसा–व्यवसाय सञ्चालनको प्रत्याभूति सरकारको उच्च प्राथमिकतामा रहेको छ। उनले संवाद, संयम र जिम्मेवार आचरणबाट मात्रै देशलाई समृद्धिको दिशामा अघि बढाउन सकिने स्पष्ट पारिन्।

उनले आगामी निर्वाचनले राजनीतिक स्थायित्व, दिगो लोकतन्त्र र विधिको शासन सुनिश्चित गर्ने विश्वास व्यक्त गर्दै सबै पक्षलाई सहकार्य र सहभागिताका साथ निर्वाचन सफल पार्न आह्वान गरिन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “शान्ति र स्थायित्व बिना विकास सम्भव छैन। त्यसैले सरकारदेखि नागरिकसम्म सबैले जिम्मेवारी बोध गर्दै लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउनुपर्छ।”

उनको भनाइले देशमा सकारात्मक राजनीतिक वातावरण निर्माण गर्दै आर्थिक गतिविधि प्रवर्द्धन र लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *