सिन्धुपाल्चोकमा चौतारा खानेपानी गुणस्तर आयोजनाको उद्घाटन

बिदेश राजनीति समाचार

सिन्धुपाल्चोक, माघ २४

खानेपानी मन्त्री प्रदीप यादवले सिन्धुपाल्चोकको चौतारा स्थित जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समिति द्वारा सञ्चालित चौतारा खानेपानी गुणस्तर आयोजना को विधिवत रूपमा उद्घाटन गरेका छन्।

उद्घाटन समारोहमा मन्तव्य दिँदै मन्त्री यादवले देशका हिमाल, पहाड, र तराईका विभिन्न क्षेत्रमा देखा परेका खानेपानी समस्या समाधान गर्न सरकार अहोरात्र खटिएको बताए। उनले नेपाली जनताका लागि शुद्ध र स्वच्छ पानी वितरण गर्नु आफ्नो प्रमुख लक्ष्य भएको उल्लेख गरे।

उनका अनुसार, मन्त्रालय सम्हालेदेखि नै जनताको खानेपानी समस्या समाधानका लागि निरन्तर कार्यरत रहेको छ। मन्त्री यादवले खानेपानी क्षेत्रका समस्याहरू समाधान गर्न सरकार प्रतिबद्ध रहेको पुनः दोहोर्‍याए।

चौतारा साँगाचोकगढी नगरपालिका तथा आसपासका क्षेत्रका नागरिकहरूको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित सञ्चालनमा आएको यो आयोजनाले सुरक्षित र प्रशोधित पानी उपलब्ध गराएर स्वास्थ्य, सरसफाइ, र समग्र जीवनस्तरमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *