ढुङ्गा उत्खनन गर्ने ट्याक्टरसहित ४ जना पक्राउ

समाचार

 

बारा, १३ पुस । बन सुरक्षाकर्मीसहित प्रहरीको टोलीले निजगढ नगरपालिका वडा नम्बर १ सिंगौलबाट अवैध उत्खननको ढुङ्गासहित ४ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा निजगढ वडा नम्बर १ का वर्ष २० का समिर धामी, वर्ष १७ का सनी धामी, वर्ष २७ का शेष चौधरी र वर्ष १७ का सिद्धान्त धामी रहेका छन ।

 

सव डिभिजन वन कार्यालय निजगढका प्रमुख रघुनाथ दासका अनुसार चुरे क्षेत्रमा पर्ने धन्सार खोलाबाट अवैध उत्खनन गरेर प्र २– ०३–००१ त ९२२ नम्बरको ट्याक्टरमा राखेर ल्याउदै गरेको अवस्थामा उनीहरुलाई ट्याक्टरसहित पक्राउ गरिएको हो ।

 

पक्राउ परेका सबैलाई थप कारबाहीको लागि डिभिजन वन कार्यालय सिमरा पठाइएको कार्यालय प्रमुख दासले जानकारी दिए ।

 

सिगौंल क्षेत्रमा अवैध उत्खनन बढेको गुनासो बढेपछि नियन्त्रणमा सव डिभिजन वन कार्यालय निजगढ, सशस्त्र प्रहरीको वल विपद व्यवस्थापन वेस निजगढ र इलाका प्रहरी कार्यालय निजगढबाट सुरक्षाकर्मीको संयुक्त परिचान गरिएको थियो ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *