पर्सा,१३ पुस।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले करणी मुद्दामा फरार भएको प्रतिवादीलाई पक्राउ गरेको छ।
पटेर्वा सुगौलीका प्रहरी निरीक्षक राम राजा केशरीको कमान्डमा तथा ई.प्र.का. एकटाङ्गाको सन्युक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा शुक्रबार बिहान् ११ बजेको समयमा पर्सागढी न.पा.वडा न. ७ रघुनाथपुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका पर्सागढी न.पा. वडा न. ७ रघुनाथपुर बस्ने खेदरु महरा चमारको छोरा बर्ष २० को देवनरायण महरा चमारलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको पटेर्वा सुगौलीका प्रहरी निरीक्षक राम राजा केशरीले जनाए।
नेपाल सरकार करणी सम्बन्धी चालु मुद्दामा फरार रहेकाले चमारलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक केशरीले बताएका छन् ।