बारा प्रहरीले ३ लाख बराबरको अवैध घरेलु मदिरा नष्ट गर्यो

समाचार

बारा, २३ फागुन ।

जिल्लाका विभिन्न स्थानमा सञ्चालित अवैध घरेलु मदिरा भट्टीहरूमा प्रहरीले कारबाही गर्दै करिब ३ लाख रुपैयाँ बराबरको मदिरा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ र इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको टोलीले फागुन  २० र २१ गते विशेष अभियान सञ्चालन गरी अवैध मदिरा नष्ट गरेको हो।

सिम्रौनगढ क्षेत्रमा ३ भट्टी नष्ट
इलाका प्रहरी कार्यालय सिम्रौनगढले सिम्रौनगढ नगरपालिका-५, सानो ईटवालमा सञ्चालित तीनवटा अवैध मदिरा भट्टी नष्ट गरेको छ।

  • कच्चा पदार्थ: १,३५० लिटर (करिब १,५०,००० रुपैयाँ बराबर)
  • तयार मदिरा: १० लिटर
  • रक्सी बनाउने ड्रम: ६ वटा

बारागढी क्षेत्रमा ७ भट्टी नष्ट
इलाका प्रहरी कार्यालय बारागढीले बारागढी गाउँपालिका-२, ३, र ६ मा सञ्चालित सातवटा अवैध मदिरा भट्टी नष्ट गरेको छ।

  • कच्चा पदार्थ: २,५०० लिटर (करिब १,५०,००० रुपैयाँ बराबर)
  • तयार मदिरा: १,५०० लिटर (करिब १,५०,००० रुपैयाँ बराबर)
  • रक्सी बनाउने ड्रम: ७ वटा

बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार अवैध मदिरा उत्पादन तथा बिक्रीविरुद्धको अभियानलाई अझै कडाइका साथ अगाडि बढाइने छ। प्रहरीले स्थानीय बासिन्दालाई अवैध मदिरा कारोबार नगर्न समेत चेतावनी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *