पर्सा, वैशाख १९।
सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौका डिएसपी कृष्ण सिंह पुजाराको कमान्डमा सञ्चालित अपरेशन अन्तर्गत नेपालबाट भारततर्फ जादै गरेको लाखौं मूल्य बराबरको मदिरा, मोटरसाइकल र भारतबाट नेपाल अवैधरूपमा भित्र्याइँदै गरेको कपडा बरामद गरिएको छ।
बैशाख १८ गते बिहान ४:५० बजे, सशस्त्र प्रहरीले पर्साको अम्मरपट्टी दशगजा क्षेत्रबाट भारततर्फ अबैध पैठारी हुदै गरेको अवस्थामा अन्दाजी १ लाख ३० हजार रुपैयाँ बराबरको मदिरा र मोटरसाइकल बरामद गरेको हो।
त्यस्तै, प्रसौनी बीओपीले पनि अलग अपरेशनमा अन्दाजी १ लाख रुपैयाँ बराबरको कपडा बरामद गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाएको जानकारी सशस्त्र प्रहरीले दिएको छ।

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा अवैध क्रियाकलाप नियन्त्रण गर्न लगातार निगरानी तथा कारबाही गर्दै आएको जनाएको छ।
