सिमरा इलाका प्रहरी कार्यालयमा थुनुवाहरुलाई उत्प्रेरणामूलक कार्यक्रम

समाचार

सिमरा, बारा ,२६ साउन ।

साउन २५ गते बिहान ११:०० बजे इलाका प्रहरी कार्यालय सिमरा, बाराको हिरासत कक्षामा रहेका २० जना थुनुवाहरुलाई उत्प्रेरणामूलक कार्यक्रम गरिएको छ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमरा, बाराको आयोजना तथा इलाका प्रहरी कार्यालय सिमराको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ब्रह्माकुमार राजयोगी प्रशिक्षक परमेश्वर श्रेष्ठ र राम कार्कीले प्रशिक्षण दिएका हुन्। कार्यक्रममा थुनुवाहरुलाई आत्मचिन्तन, सकारात्मक सोच र जीवनमा सकारात्मक परिवर्तनका लागि प्रेरणा दिने विभिन्न सन्देशहरू प्रदान गरिएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *