वीरगञ्ज भन्सारमा सेवाग्राहीलाई दुःख दिने तीन जना नियन्त्रणमा

समाचार

पर्सा ,२९ जेठ  । वीरगञ्ज भन्सार कार्यालय परिसरमा सेवाग्राहीहरूलाई अनावश्यक दुःख, हैरानी तथा अवरोध सिर्जना गर्ने कार्यमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भन्सार सेवा लिन आएका सेवाग्राहीहरूलाई विभिन्न बहानामा दुःख दिने, अनावश्यक प्रभाव पार्ने तथा कार्यालयको नियमित कार्यसम्पादनमा अवरोध पुर्‍याउने गतिविधिमा संलग्न तीन जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।

प्रहरीले सार्वजनिक सेवा प्रवाहलाई प्रभाव पार्ने, सेवाग्राहीको अधिकारमाथि हस्तक्षेप गर्ने तथा सरकारी कार्यालयमा अनुचित गतिविधि गर्ने जो–कोहीमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

पर्सा प्रहरीले सेवाग्राहीलाई सहज, सुरक्षित र व्यवस्थित सेवा उपलब्ध गराउने वातावरण सुनिश्चित गर्न यस्ता गतिविधिविरुद्ध निगरानी तथा नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *