ट्रकको ठक्करबाट सिरहामा पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते

समाचार

सिरहा,३ असोज  । सिरहाको नरहा गाउँपालिकामा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना साइकलयात्री घाइते भएका छन्।

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नरहा गाउँपालिका–३ स्थित रोजी मेडिकलनजिक शनिबार बिहान भएको दुर्घटनामा स्थानीय अन्दाजी ५१ वर्षीय रामपृत मण्डलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार बिहान करिब ७:३५ बजे गोलबजारबाट मिर्चैयातर्फ जाँदै गरेको ना.४ ख ८५०४ नम्बरको ट्रकले पैदल हिँडिरहेका मण्डल तथा साइकलमा सवार स्थानीय अन्दाजी ४५ वर्षीय राजातुल अंसारीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा अंसारीको दुवै खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्रक चालक धनुषाको मिथिला नगरपालिका–९ बस्ने अन्दाजी २५ वर्षीय कमलेश महतो सकुशल रहेका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *