काठमाडौं ,५ असोज । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक–२०८३ सम्पन्न भएको छ।
बैठकमा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), सातै प्रदेशका प्रहरी प्रमुख तथा अन्य प्रहरी नायव महानिरीक्षक (डीआईजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लगायतका वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो।
राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठकमार्फत प्रहरी संगठनका विभिन्न तहबीच समन्वय, कार्यसम्पादनको समीक्षा तथा आगामी दिनमा प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने विषयमा छलफल भएको जनाइएको छ।
बैठकमा वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिताले संगठनभित्रको समन्वय र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
