बारा, २३ कार्तिक ।
लागु औषध गाँजा सहित ३ जना मानिसलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।
कार्तिक २२ गते साझ ७:४० बजेको समयमा कलैया उपमहानगरपालिका वडा नं.१० मटिअर्वा स्थित नहर चोकमा खटिएको प्रहरी चेकिङ टोलिले कलैयाबाट मटिअर्वा तर्फ जादै गरेको प्र-२-०३-००१ ह ९१० नम्बरको अटोलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको लागु औषध गाँजा १५ के.जि. बरामद गरि ३ जना ब्यक्ति सहित अटो र सो परिमाणको गाजा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा अटो चालक कलैया उ.म.न.पा.१२ वर्ष २८ को ताहीर अंसारी,अटोमा सवार देश भारत विहार पुर्वी चम्पारण जिल्ला मोतिहारी, आधापुर वडा न.४ बस्ने रादिन मियाको छोरा वर्ष २१ को इस्राफी हवारी र सोही बस्ने जितु मियाँको छोरा वर्ष ३५ को जफीर मियाँ रहेका बारा प्रहरीका सूचना अधिकारी प्र.ना.उ.(डिएसपी) दधिराम न्यौपानेले बताएका छन् ।
सो सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
