२००४ साल देखि नै नेपालको परिवर्तनमा महिलाको असाधरण योगदान छ: ओली

राजनीति समाचार

काठमाडौं, २७ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाहरूको उल्लेख्य योगदान रहेको बताएका छन् ।

अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको तेस्रो बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले महिलाहरूले संगठित वा असंगठित रूपमा देशको हरेक परिवर्तनमा ठुलो योगदान गरेका बताउनुभयो ।

‘महिलाहरूले असाधारण योगदान गरेका छन्, असाधारण त्याग र बलिदान गरेका छन्’, उनले भने ।

आफ्नो कारणले मात्र होइन कहिलेकाहीँ परिवारका सदस्यको कारणले पनि महिलाले राज्यबाट धेरै यातना खेप्नु परेको ओलीले बताए ।

 

राष्ट्रिय र अन्तराष्ट्रियस्तरका हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय भएको ओलीको भनाइ छ ।
ओलीले नेपालको राजनीतिक परिवर्तन तथा सामाजिक न्याय र समानताको आन्दोलनमा अखिल नेपा महिला संघ (अनेमसंघ) को असाधारण भूमिका रहेको बताए ।

 

अनेमसंघ गठन हुनु अघि पनि महिलाहरूले नेपालको परिवर्तनमा असाधारण काम गर्नुभएको उनले स्मरण गरे।

२००४ सालकै आन्दोलनमा महिलाहरू गिरफ्तारीमा पर्नुभएको उनले स्मरण गरे ।

त्यस अघि पनि १९९७ देखिकै नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा महिलाहरूले खेलेको भूमिका असाधारण रहेको ओलीले बताए ।

नेपालको राजनीतिक आन्दोलन जहाँ पुगेको छ, सो आन्दोलनलाई त्यहाँसम्म पुर्‍याउन महिलाको असाधारण योगदान रहेको ओलीले बताए ।

 

नेकपा एमालेलाई पनि आजको अवस्थामा पुर्‍याउन महिलाको सबैभन्दा महत्त्वपूर्ण योगदान रहेको उहाँले प्रष्ट पारेका छन् ।

 

आज हिजोको जस्तो नभएर महिलालाई सचेत गराउने र महिला आन्दोलनलाई संगठित ढङ्गले अगाडि बढाउने संगठित संस्थाको रूपमा अनेमसंघ रहेको ओलीले बताए ।

 

‘विभिन्न समयमा पार्टीमा परेको संकटमा महिलाहरूको भूमिका सबैभन्दा प्रभाकारी छ’, उनले भने।

 

नेकपा एमालेलाई सिद्ध्याएर भित्तामा टाँसिदिन्छु भन्ने केही मानिस लागेका बेला पनि पार्टी जोगाउन पहिलो भूमिका महिलाले निर्वाह गरेको उनले स्मरण गरे ।

 

कतिपय पुरुषलाई के होला के होला भनेर धर्मर धर्मर भएको बेलमा पनि महिला नेता कार्यकर्तामा स्पष्टता र आत्मविश्वास रहेको आफूले पाएको ओलीले सुनाए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *