जिल्ला प्रहरी कार्यालय बाराको अनुरोध ,डिजे साउण्ड नबजाउनु।

समाचार

बारा,२४ फागुन ।

जिल्ला प्रहरी कार्यालय बाराले डिजे साउण्ड नबजाउन अनुरोध गरेको छ।

बारा जिल्लाको सार्वजनिक बाटो, घाटो, सडक, चौर आदि स्थानहरूमा सर्वसाधारण नागरिकहरूको जनस्वास्थ्यमा जोखिम बढ्न सक्ने गरि चर्को ध्वनी निष्कासन गरी डिजे साउण्ड सिस्टम बजाएर अभद्र र उच्छृंखल प्रकारको संगितले सामाजिक तनाव तथा द्वन्द्वको वातावरण सृजना भएको तथा मानसिक तथा शारिरीक समस्या उत्पन्न भएको, झै-झगडा का घटनाहरू बढेको र ध्वनी प्रदुषणले जनस्वास्थ्यमा प्रतिकुल असर परेको भनी व्यापक जनगुनासोहरू प्राप्‍त भएको हुँदा चर्को स्वरमा डिजे साउण्ड नबजाउन हुन अनुरोध गरिएको बारा प्रहरीद्वारा जारी प्रेश विज्ञाप्‍तीमा उल्लेख गरिएको छ।

यदि चर्को स्वरमा डिजे साउण्ड बजाएर समाजमा प्रतिकुल असर पार्ने कार्य गरेमा प्रचलित कानून वमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

जारी प्रेश विज्ञाप्‍ती यस प्रकार छ:

“DJ साउण्ड नबजाउन हुन अनुरोध”

यस बारा जिल्लाको सार्वजनिक बाटो, घाटो, सडक, चौर आदि स्थानहरूमा सर्वसाधारण नागरिकहरूको जनस्वास्थ्यमा जोखिम बढ्न सक्ने गरि चर्को ध्वनी निष्कासन गरी DJ Sound System बजाएर अभद्र र उच्छृंखल प्रकारको संगितले सामाजिक तनाव तथा द्वन्द्वको वातावरण सृजना भएको, मानसिक तथा शारिरीक समस्या उत्पन्न भएको, झै-झगडा का घटनाहरू बढेको र ध्वनी प्रदुषणले जनस्वास्थ्यमा प्रतिकुल असर परेको भनी व्यापक जनगुनासोहरू प्राप्‍त भएको हुँदा चर्को स्वरमा DJ Sound नबजाउन हुन अनुरोध गरिएको छ ।

साथै यस्ता किसिमका चर्को स्वरमा DJ Sound बजाएर समाजमा प्रतिकुल असर पार्ने कार्य गरेमा प्रचलित कानून वमोजिम कारवाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।

ध्वनी प्रदुषणबाट हुने असरहरू:-
• मानसिक समस्यामा वृद्धी ।
• गर्भवति महिलाहरूमा गर्भ खेर जान सक्ने समस्या ।
• मुटु रोगिहरूमा समस्या ।
• कान सुन्न सक्ने क्षमतामा कमी आउने ।
• वृद्ध वृद्धाहरूको स्वास्थ्यमा समस्या ।
• ध्वनी प्रदुषणबाट बालवालिकाहरूमा रातिको समयमा बेचैन र अनिद्रा हुने ।
• अनावश्यक अभद्र र उच्छृंखल गित संगितले समाजिक सदभावमा खलल पुग्ने ।
• अस्पतालमा भएका विरामीहरू र विद्यालयमा पढि रहेका विद्यार्थीहरू समेतमा असर पर्ने ।

कानूनी व्यवस्था:-
• मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा ११२ मा वातावरण प्रदुषित गर्न नहुने भन्ने व्यवस्था र सोही दफाको उपदफा (२) मा अधिकार प्राप्त अधिकारीको इजाजत विना यान्त्रिक साधनबाट ध्वनी, रेडियोधर्मी विकिरण वा जोखिमपूर्ण फोहर मैलाको उत्पादन, प्रसारण ओसारपसार गर्न  वा थुपार्न नहुने र सोही दफाको उपदफा (४) मा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

• वातावरण संरक्षण ऐन, २०७६ को परिच्छेद ३ को दफा १५ को उपदफा १ बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै सवारी साधन, यन्त्र, उपकरण, औद्योगिक प्रतिष्ठान, होटेल, रेष्टुरेन्ट वा अन्य स्थान वा मालवस्तु वा कुनै क्रियाकलापबाट हुने प्रदूषण नियन्त्रण गर्ने व्यवस्था रहेको र सो विपरित कार्य गर्नेलाई यसै ऐन बमोजिम न्युनतम ५ लाख रुपैया जरिवाना र क्षतिपुर्ति देखि अधिकतम ५० लाख सम्म जरिवाना तथा क्षतिपुर्ती भराउने कानुनी व्यवस्था रहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *