वीरगञ्जबाट अपाचे मोटरसाइकल चोरी गर्दै गरेका युवक पक्राउ

समाचार

वीरगञ्ज, ६ जेठ । पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित दिलबन्धु पेट्रोलपम्प परिसरबाट पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गरेर भाग्दै गरेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा बारा जिल्लाको कलैया उपमहानगरपालिका–१ निवासी २४ वर्षीय प्रेम कुमार पटेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८३ जेठ ५ गते साँझ करिब ५:३० बजे वीरगञ्ज–१२ मुर्ली निवासी ३४ वर्षीय दिपेन्द्र कुशवाहाको नाममा दर्ता रहेको म.प्र.०३–०३३ प ८५१७ नम्बरको निलो–कालो रंगको TVS अपाचे मोटरसाइकल पेट्रोलपम्प नजिक पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको थियो।

मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा उक्त मोटरसाइकलसहित प्रेम कुमार पटेललाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *