बारा:३ लाख ९० हजार बराबरको अबैध समान सहित पिकअप पक्राउ।

समाचार

बारा प्रहरीले ३ लाख ९० हजार बराबरको अबैध समान सहित एक पिकअपलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बारा मातहतका प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलिहरूले गाडिहरूलाई रोकी चेक जाँच गर्दा बिल भरपाई नभएको समानको स्रोत खुलाउन नसकेको मुल्य रू.३ लाख ९० हजार ६ सय  रूपैया बराबरको अबैध समान सहित पिकअप नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी ) महेन्द्र खड्काले बताए।

ईलाका प्रहरी कार्यालय अमलेखगंजले सर्लाहीबाट नारायणगढ तर्फ जादै गरेको बा ००१ ख २८८५ नम्बरको यात्रु बहाक बसमा लोड रहेको रु.१८ हजार बराबरको सेन्डो भेस्ट १८० पिस बरामद गरेको छ।त्यस्तै निजगढ बाट हेटौडा तर्फ जादै गरेको बा २१ च ८९९२ नम्बरको पिकअपमा लोड गरेको २ लाख ८२ हजार ५ सय बराबरको पचिस सय किलो दुधको पाउडर सहित पिकअपलाई नियन्त्रणमा लिएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय छतवाका प्रहरी वरिष्ठ नायब निरीक्षक सन्तोष केसीको कमान्डमा खटिएका टोलिले बिश्रामपुर गा.पा.वडा नं.१ कान्तिपुर स्थित भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्यादै गरेको रु.७५ हजार बराबरको कमप्युटरका सिपियु ५ थान बरामद गरेको बारा प्रहरीले जनाएको छ।

प्रहरी चौकी मुसहर्वाले बिश्रामपुर गा.पा.वडा नं.३ मुसहर्वा स्थित ना २८ प ७८०२ नम्बरको मोटरसाइकलमा ल्याउदै गरेको १५ हजार १ सय बराबरको भन्सार छलीका चिनी १०० किलो, रिफाईन तेल १ कार्टुन, बिस्कुट २ कार्टुन, लुगा धुने सरफ १० किलो, चामल १ बोरा बरामद गरेको डिएसपी न्यौपानेले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *