बिरगंज ,२९ बैशाख।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका वडा प्रहरी कार्यालय बिर्ताले चोरीको मोटरसाइकल सहित दुई जना मानिसलाई पक्राउ गरेको छ।
पर्साको बिरगंज महानगरपालिका वडा नं.२ छपकैया टोल स्थित अब्दुल कौशर आलमले आफ्नो घर अगाडी पार्कीङग गरी राखेको ना.६ प.५४७५ नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल बैशाख २५ गते बिहान् ८;३० बजे चोरी भएको सूचना प्राप्त हुन साथ बिर्ता प्रहरीका प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा खटिएका टोलिले खोज तलाश गर्दै जाँदा बैशाख २८ गते मितेरीपुलबाट सो मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ।
सो चोरीको मोटरसाईकल सहित बिरगंज वडा नं.२ छपकैया टोल बस्ने शेख सागिरको छोरा बर्ष २० को शेख गुफरान र सोही बस्ने शेख गफुरको छोरा बर्ष २३ को शेख असरफलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बोगटीले जनाएका छन् ।
नेपालबाट चोरी गरेका ई-रिक्साको चार्जर १ थान,ई-रिक्साको चार्जरमा लाग्ने क्वायलको रोल २ थान ,टावर लाईटको व्याट्री राख्ने फलाम बक्स १ थान र ई-रिक्साको चार्जरको व्याट्रीको खोल १० थान भारत तर्फ बिक्री गर्न जादै गरेको अवस्थामा उनीहरुको साथबाट फेला परेको हुँदा उक्त चोरीको सामान र मोटरसाइकल सहित पक्राउ गरि आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय पठाईएको बिर्ता प्रहरीले जनाएको छ।
