पटेर्वासुगौलीमा महिला तथा लैंगिक हिंसा विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

समाचार

वीरगञ्ज, ६ जेठ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले महिला तथा लैंगिक हिंसा विरुद्ध जनचेतना फैलाउने उद्देश्यले जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।

मिति २०८३ जेठ ६ गते पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. ५ स्थित निचुटा गाउँमा आयोजित उक्त कार्यक्रममा स्थानीय महिला, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा महिला हिंसा, घरेलु हिंसा, बालविवाह, सामाजिक विभेद तथा लैंगिक हिंसाका विभिन्न स्वरूपबारे जानकारी गराउनुका साथै यस्ता घटनाविरुद्ध कानुनी उपचार र सचेतनाका उपायबारे समेत जानकारी दिइएको प्रहरीले जनाएको छ।

प्रहरी अधिकारीहरूले समाजमा हुने हिंसात्मक गतिविधि न्यूनीकरण गर्न समुदायस्तरबाटै सचेतना आवश्यक रहेको उल्लेख गर्दै हिंसा तथा अन्य आपराधिक गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेका थिए।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले यस्ता जनचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेका थिए। प्रहरीले आगामी दिनमा पनि समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न सचेतनामूलक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *