काठमाडौं, ३ चैत । काठमाडौं महानगरपालिका-२६ रानीबारीमा शुक्रबार दिउँसै चोरी भएको छ। डेरा गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका-४ घर भएकी रूपा श्रेष्ठको कोठामा चोरी भएको हो।
चोरले ताला फोडेर सुन तथा चाँदीको विभिन्न गरगहना गरी करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ। प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ।
काठमाडौंमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती क्लब नजिक सडकमा बा३३प १४९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो।
ज्यान गुमाउनेमा मोटरसाइकलमा सवार कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ३० वर्षीय गोपाल सुनार रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो।
