होली पर्व अनुशासित एवं व्यवस्थित ढङ्गले मनाऔं : जिल्ला प्रशासन कार्यालय काठमाडौं

समाचार

काठमाडौं, ७ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागु पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ। मंगलबार एक सूचना जारी गर्दै प्रशासनले होली पर्व मर्यादित र अनुशासित रूपमा मनाउन अनुरोध गरेको हो।

कसैले अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा कानुन अनुसार कारबाही हुने प्रशासन चेतावनी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले जारी गरेको सूचनामा भनिएको छ, ‘चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरीत रङ्ग एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ दल्ने, अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यान समेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न नगराउन सबैमा अनुरोध छ ।’

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *